दीपकले भने, 'जितुसँग कुनै दुश्मनी छैन'
नेपाली चलचित्र छक्कापञ्जा ४ को छायाङ्कन सुरु भएको छ । सोमवार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायाङ्कन सुरु गरिएको हो । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बि.सी.ले निर्देशन गर्नेछन् ।
आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ । सञ्चारकर्मीहरूसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले फिल्म कलाकार जितु नेपालसँग आफ्नो कुनै दुश्मनी नरहेको बताए । उनले एकअर्काका फिल्ममा सबैले फूल लगेर दिने र सफलताको शुभकामना दिने गरेको बताए । उनले फिल्ममा सहरको कथावस्तु रहेको जानकारी दिए ।
त्यस्तै कलाकार जितु नेपालले पनि दीपकराज गिरीसँग कुनै झगडा नभई समय समयमा आफ्नो स्वभाव र कार्यव्यवस्तताका कारण काम गर्न नपाएको बताए । कलाकार केदार घिमिरेले फिल्मको कथावस्तु लेख्न धेरै गाह्रो भएको बताए । उनले आजभन्दा दुई महिना अघि नै सुरु गर्नुपर्ने भएपनि कथावस्तु सक्न गाह्रो भएको बताए । फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्मिन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण