सर्लाहीमा दुईवटा भारतीय मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मङ्गलबार, १० साउन २०७९, १० : ५९
सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा हिजो बेलुकी दुईवटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
हिजो बेलुकी साढे ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते अवस्थामा भारत घर भएका अन्दाजी ३५ बर्षीय शंकर पासवान र २७ बर्षीय रोशन पासवान भेटिएका थिए ।
दुवै घाइतेलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण