महिला युरो : स्विडेनलाई पराजित गर्दै घरेलु टोली इङ्ग्ल्यान्ड फाइनलमा
बुधबार, ११ साउन २०७९, ०७ : १०
स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इङ्ग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।
सेफिल्डमा मंगलबार राति इङ्ग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक(एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको इङ्ग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।
इङ्ग्ल्यान्ड महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इङ्ग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो । यद्यपि उपाधि भने हात पार्न सकेको छैन ।
अब, इङ्ग्ल्यान्डको उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण