बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बोर्ड अध्यक्ष बनेका पितालाई अनमोलले दिए यस्तो शुभकामना

बुधबार, ११ साउन २०७९, ११ : ३१
बुधबार, ११ साउन २०७९

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका पिता तथा अभिनेता भुवन केसीलाई अभिनेता अनमोल केसी पनि सामाजिक संजाल मार्फत बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । फिल्म ‘छड्के २’ को वर्कसपका लागि केही दिनदेखि चितवनमा रहेका अनमोलले सामाजिक सञ्जालमा पितासँगको बाल्यकालको तस्विर पोस्ट गर्दै नेपाली शुभकामना दिएका हुन् । शुभकामनामा उनले पिताको कार्यकालमा फिल्मको श्री वृद्धिमा हुने विश्वास समेत ब्यक्त गरेका छन् ।

उनले आफ्नो मार्गदर्शक र प्रेरणाको स्रोत समेत पिता भएको बताउदै विकास बोर्डको जिम्मेवारीले पिताको भूमिका झन् गहन भएको उल्लेख गरेका छन् । 

उनले लेखेका छन, ‘बाटो हिँड्ने मान्छे भन्दा पनि बाटो बनाइदिने मान्छे महान हुन्छन् । म तपाईंलगायत तपाईंका समकालीन हस्तीहरुकै पाइलाहरु पछ्याउँदै यहाँसम्म आइपुगेको छु । आजबाट तपाईंको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्रीवृद्धिमा तपाईंको थप योगदान रहने कुरामा म ढुक्क छु । यो गौरवशाली अवसर प्राप्त गर्नु भएकोमा धेरै धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा ।’

केसीलाई सोमबारको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । आज बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप