क्लब अमेरिकासँग रियलको बराबरी
बुधबार, ११ साउन २०७९, ११ : ३७
स्पेनिस क्लब रियल मड्रिडले प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा क्लब अमेरिकासँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा रियलले क्लब अमेरिकासँग २–२ गोलको बराबरी खेलेको हो ।
खेलमा सुरुवाती अग्रता क्लब अमेरिकाले लिएको थियो । खेलको पाँचौं मिनेटमा मार्टिनले गोल गर्दै क्लब अमेरिकालाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई बराबरीमा ल्याए ।
५५ औं मिनेटमा इडेन हाजार्डले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । ८२ औं मिनेटमा अल्भारो फिडाल्गोले पेनाल्टीमा गोल गर्दै क्लब अमेरिकालाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।
प्रि सिजन टुरमा रियल अहिले अमेरिकामा छ । यसअघि रियल बार्सिलोनासँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण