पदभार ग्रहण गर्दै भुवन केसीले भने– मलाई असफल हुने छुट छैन
बुधबार, ११ साउन २०७९, ११ : ५४
नवनियुक्त चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको हो । बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । स्वस्तिक वाचन गर्दै वास्तुअनुसार उनले पदभार ग्रहण गरेका हुन् ।
कार्यालयका कर्मचारीले उनलाई फूल माला र खादा लगाएर स्वागत गरेका थिए । उनी अभिनेतासमेत हुन् । पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने भन्दै उनले आफ्नो जन्म नै कलाकार हुन भएको भन्दै कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको बताए ।
१० वर्षको उमेरदेखि कला क्षेत्रमा लागेको बताउँदै अध्यक्ष केसीले चलचित्र क्षेत्रमै काम गरेको ४० वर्ष भइसकेको जानकारी दिए । उनले आफूलाई असफल हुने छुट नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण