भियतनामबाट आएको चार्टर विमान भैरहवामा पार्किङ
बुधबार, ११ साउन २०७९, १४ : ०७
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रूपमा सञ्चालनमा आएको दुई महिनापछि आज पहिलो चार्टर विमान अवतरण गरेको छ । भियतनामबाट आएको चार्टर विमान आज सवा १ बजे विमानस्थलमा अवतरण गरेको हो । बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जहाज मौसमले साथ नदिएका कारण गौतम बुद्ध विमान स्थलमा अवतरण गरेको विमानस्थल प्रमुख गोविन्द दाहालले रातोपाटीलाई जानकारी दिए ।
१२ सिटे प्राइभेट जहाज ४ दिन भैरहवा विमानस्थलको पार्किङमा रहने उनले बताए । उक्त जहाज फर्कँदा काठमाडौँबाट विशेष व्यक्तिहरू लिएर जाने तयारीमा रहेको दाहालको भनाई छ । गत जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएसँगै भैरहवा विमानस्थलमा अहिले जजिरा एयरवेजले मात्रै उडान भरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण