गुल्मीमा ट्रयाक्टरबाट खसेर परिचालकको मृत्यु
बिहीबार, १२ साउन २०७९, ११ : ३०
गुल्मीको मुसीकोट नगरपालिका–२ देउरालीमा हिजो साँझ ट्रयाक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीकै मालिका गाउँपालिका–२ का २२ वर्षीय दिपक परियार रहेका छन् । तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु २ त ५६०३ नम्बरको ट्रयाक्टरबाट हिजो साँझ ६ बजे उनी खसेका थिए ।
ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा गएराती २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालकलाई प्रहरी चौकी पौदी अमराईले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण