लुम्बिनी प्रदेशमा डेढ वर्षदेखि रिक्त चार संसदीय समितिले पाए पूर्णता
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको समयमा लुम्बिनी प्रदेशका विभिन्न विषयगत संसदीय समितिलाई बिहीबार पूर्णता दिइएको छ । डेढ वर्षदेखि रिक्त रहेका ४ विषयगत समितिको नेतृत्व बल्ल चयन भएको हो ।

६ विषयगत समितिमध्ये अर्थ, उद्योग तथा पर्यटन समिति, कृषि, वन तथा वातावरण समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समिति नेतृत्वविहीन थिए । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले रातोपाटीलाई दिएको जानकारी अनुसार ती समितिका सभापतिमा एकल उम्मेदवारी परेको थियो । बिहीबार ती चारै समितिले सभापति सर्वसम्मत चयन गरेका हुन् ।

बिहीबार भएको निर्वाचन प्रक्रियाबाट एमालेका प्रदेशसभा सदस्य विष्णु पन्थी सार्वजनिक लेखा समितिको समितिमा चयन भएका छन् । यस्तै, एमाले सांसद जाल्पा भुसाल कृषि, वन तथा वातावरण समितिको सभापति, एमालेकै बाबुराम गौतम सामाजिक विकास समितिको सभापति बनेका छन् । यसैगरी अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा जनमोर्चाकी तारा जिसी चयन भएकी छन् ।
प्रदेशसभाका ६ विषयगत समितिमध्ये एमालेले ४, माओवादीले एक र जनमोर्चाले एक समितिको नेतृत्व पाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण