मस्कोमा १५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु
शनिबार, १४ साउन २०७९, ०८ : २६
मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् ।
दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरुको अनुसन्धान गर्ने निकायले भनेको छ । आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
भवनको भुइँ तल्लाबाट आगलागी भएको थियो । मध्यरातपछि आगो निभाइएको थियो । आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो । भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकाले त्यहीभित्र मानिस फसेको आपत्कालीन सेवाका एक अधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण