बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मस्कोमा १५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु

शनिबार, १४ साउन २०७९, ०८ : २६
शनिबार, १४ साउन २०७९

मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् ।

दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरुको अनुसन्धान गर्ने निकायले भनेको छ । आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

भवनको भुइँ तल्लाबाट आगलागी भएको थियो । मध्यरातपछि आगो निभाइएको थियो । आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो । भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकाले त्यहीभित्र मानिस फसेको आपत्कालीन सेवाका एक अधिकारीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप