जिम्बावेविरुद्धको सिरिजका लागि भारतीय टिम घोषणा, कोहली अटाएनन्
आइतबार, १५ साउन २०७९, ०६ : २१
जिम्बावेविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि भारतीय टिमको घोषणा भएको छ । ३ खेलको एकदिवसीय सिरिजका लागि भारतले शिखर धवनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा पूर्व कप्तान विराट कोहली अटाएका छैनन् । वेस्ट इन्डिजविरुद्धको जारी सिरिजमा समेत कोहली टिममा परेका थिएनन् ।
भारतीय टिममा शिखर धवन, ऋतुराज गायकवाड, शुभमन गिल, वासिङटन सुदर, दीपक हुडा, सन्जु सामसन, ईशान किसन,राहुल त्रिपाटी,अक्षर पटेल,प्रसिद्ध कृष्णा, कुलदिप यादब, आवेश खान, मोहम्मद सिराज, शार्दुल ठाकुर र दिपक चाहर रहेका छन् । भारतीय टोलीले जिम्बावेविरुद्ध १८ अगस्टमा पहिलो एकदिवसीय खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण