करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु
सोमबार, १६ साउन २०७९, २० : ३७
दाङ जिल्लाको राप्ती गाउँपालिकामा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।
कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेपछि करेन्ट लाग्दा दुबैको घटना स्थलमा मृत्यु हुन पुगेको प्रहरीले बताएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण