ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ आयोजना गर्ने
द ब्रिटिस कलेजले 'तेस्रो द ब्रिटिस कप २०२२' इन्टर कलेज फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । आउने अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थित ढुकु फुटसलमा खेल आयोजना हुने भएको हो ।
पहिलो र दोस्रो द ब्रिटिस कप क्रमशः सन् २०१८ र २०१९ मा आयोजना भएको थियो । तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन । तेस्रो प्रतियोगितामा १३ कलेजहरूबीच प्रतिस्पर्धा हुनेछ ।
ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिँदै छन् । विजयी टिमले एक लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ५० हजार नगद, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले नगद रु दश हजार पाउनेछन् ।
उक्त प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको छ । कोरोना महामारीको कारण केही वर्ष कार्यक्रम नपाए पनि नयाँ उत्साहका साथ पुनः कार्यक्रम आयोजना हुन लागेकोमा ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण