बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बाढीले श्रीमान्–श्रीमतीलाई बगायो

मङ्गलबार, १७ साउन २०७९, १४ : ४२
मङ्गलबार, १७ साउन २०७९

वर्षासँगै आएको बाढीले  कपिलवस्तुमा  आज एक दम्पतीलाई बगाएको छ । जिल्लाको  वाणगंगा नगरपालिकास्थित कोइली खोलाले स्थानीय ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीय श्रीमती राममाया सुनारलाई  बगाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

जंगलबाट नदी तरेर घर फर्कने क्रममा उनीहरूलाई बगाएको हो । उनीहरूसँगै बगेका १२ वर्षीय छोरा नीरज सुनारलाई भने स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप