तेस्रो टी-२० मा भारत विजयी
बुधबार, १८ साउन २०७९, ०६ : ५६
भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत शृंखलामा २(१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । भारतका सूर्यकुमार यादवले सर्वाधिक ७६ रन बनाए । यस्तै, ऋषभ पन्त ३३ रन जोडे।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पार्यो।
वेस्टइन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७३ रन बनाए । रोभम्यान पावेलले २४ रन जोडे । भारतका भुवनेश्वर कुमारले २ विकेट लिए । पहिलो खेलमा भारत ६८ रनले विजयी हुँदा दोस्रो खेल बेस्ट इन्डिज ५ विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण