घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको जनाएको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ थियो ।
महासंघले हिजो मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको जानकारी दिएको थियो । सोमबार छापावाल सुनको मूल्य ९५ हजार ४०० र तेजाबी सुनको मूल्य ९४ हजार ९०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजो मंगलबार यसको कारोबार मूल्य प्रतितोला १२ सय २० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण