शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन्तान असल र सफल होउन् भन्ने चाहनुहुन्छ ? अभिभावकले सिकाउनुहोस् यस्ता कुरा

बुधबार, १८ साउन २०७९, १२ : ३८
बुधबार, १८ साउन २०७९

आमाबुवाका लागि सबैभन्दा कठिन काम आफ्ना सन्तानको सही लालनपालन गर्नु हो । आजकालको भागदौडपूर्ण जीवनशैलीका कारण मानिसहरु आफैँलाई समय दिन पाइरहेका हुँदैनन् । यस्तोमा बालबालिकाको सही लालनपालनका लागि उनीहरुसँग पर्याप्त समय दिन मुश्किल हुने गर्छ ।

हरेक आमा बुवाको आफ्नो सन्तान एक सफल र ज्ञानी व्यक्ति भएको हेर्न चाहन्छन् । तर यसका लागि सबैभन्दा महत्वपूर्ण उनीहरुको सही लालनपालन, राम्रो संस्कार र उत्कृष्ट शिक्षा हो । १० वर्षको उमेरसम्म यदि तपाईंले आफ्ना बालबालिकालाई समाज, व्यवहार र करियरसँग सम्बन्धित कुराहरु सिकाउनुहुन्छ भने यसको असर बच्चाको व्यक्तित्वमा जीवनभरी देख्न पाइन्छ । १० वर्षसम्मका बालबालिकालाई के कस्ता कुरा सिकाउने त भन्नेबारे यहाँ केही जानकारी दिइएको छ ।

हरेक अभिभावकले बालबालिकालाई उत्कृष्ट र सफल मानिस बन्नका लागि प्रेरित गर्नुपर्छ तर असल मानिस बन्ने शिक्षा  पनि हरेक मातापिताले दिनुपर्छ । यदि तपाईं पनि आफ्नो बच्चाबाट यस्तै अपेक्षा राख्नुहुन्छ भने, उनीहरूलाई यी कुराहरू अवश्य सिकाउनुहोस् :

१. सकारात्मक हुन सिकाउनुहोस्

आजको समयमा बदलिँदो विश्व र प्रविधिको विस्तारले मानिसको कामलाई सहज बनाएको छ तर यसका कारण समाजमा नकारात्मकता पनि तीब्र रुपमा बढेको छ । बालबालिकालाई नकारात्मकताबाट जोगाउन १० वर्षको उमेरदेखि नै यसबारे बताउनुपर्छ । हाम्रो मस्तिष्कका कोशिका वा न्युरोन्स पनि सकारात्मक भए सही काम गर्छन् । त्यसैले हरेक अभिभावकले आफ्ना छोराछोरीमा सकारात्मक रहने र नकारात्मकताबाट टाढा रहने गुणहरू विकास गर्नुपर्छ ।

२. बालबालिकालाई शरीरका अंगहरूको ज्ञान दिनुपर्छ

आज पनि हाम्रो समाजमा सूचनाको अभावका कारण कतिपय विषयमा कुरा गरिँदैन । आफ्नो बच्चालाई आजको जमाना अनुसार तयार पार्नको लागि, उनीहरुलाई पनि आजको उमेर अनुसार हुर्काउनुपर्छ । यदि तपाईंको बच्चा १० वर्षको छ भने, उनीहरुसँग निश्चित रूपमा शरीरका अंगहरूको बारेमा कुरा गर्नुहोस् र उनीहरुलाई राम्रो छुवाई र खराब छुवाई बारेमा सिकाउनुहोस् ।

३.  सबैलाई आदर गर्न सिकाउनुहोस्

बालबालिकालाई १० वर्षको उमेरमा सबै मानिस समान छन् र कसैबीच भेदभाव हुनु हुँदैन भन्ने जानकारी गराउनुपर्छ । प्रत्येक व्यक्तिलाई सम्मान गर्न सिकाउँदा तपाईंको बच्चामा असल मूल्यहरू विकास हुनेछ र यसले भविष्यमा उसको व्यक्तित्वलाई फरक बनाउनेछ ।

४.  बच्चाहरूलाई व्यक्तिगत सरसफाइको बारेमा सिकाउनुहोस्

शरीरलाई स्वस्थ राख्नको लागि सरसफाई अति आवश्यक छ । बालबालिकालाई शारीरिक र मानसिक रूपमा बलियो र स्वस्थ बनाउन व्यक्तिगत सरसफाइको बारेमा बताउनुपर्छ ।

५. बालबालिकाका लागि आफूलाई रोल मोडल बनाउनुहोस्

साना छोराछोरीले अभिभावकको आचरण र व्यवहारबाटै सिक्छन् । यस्तो अवस्थामा बालबालिकाका लागि अभिभावक घरमा रोल मोडल बन्नुपर्दछ । बच्चाहरूले आफ्ना आमाबाबुको व्यवहारबाट सबै कुरा सिक्छन्, त्यसैले सधैँ आफ्नो व्यवहारलाई यसै अनुरुप राख्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप