आयरल्यान्डविरुद्ध दक्षिण अफ्रिकाको सहज जित
बिहीबार, १९ साउन २०७९, ०७ : २६
दक्षिण अफ्रिकाले दुई टि २० शृंखलाको पहिलो खेलमा आयरल्यान्डलाई बुधबार राति २१ रनले पराजित गरेको छ । योसँगै शृंखलामा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ । २१२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनमा समेटियो ।
आयरल्यान्डका लोर्कन टकरले सर्वाधिक ७८ रन बनाए । जर्ज डोकरेलले ४३ रन जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २११ रनको योगफल बनायो ।
दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले सर्वाधिक ७४ रन बनाए । यस्तै, एडेन माक्ररमले ५६ रन जोडे । अब, दुई बीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण