गीतकार बल्लबलाई ‘कन्हैया अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ प्रदान
बिहीबार, १९ साउन २०७९, ११ : १३
चर्चित गीतकार विश्व बल्लबलाई ‘कन्हैया अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०७९’ प्रदान गरिएको छ । बुधवार नाचघरमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले उनलाई ५१ हजार नगद सहित दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।
नेपाली सुगम संगीतको विकाशमा लामो समयदेखि अनवरत रुपमा योगदान दिदै आएका बल्लबका ‘तिमी बादल’, ‘मेरो माया तिम्रो’, ‘सपनीमा रुवाउँछौ’, ‘गोर्खाली’, ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता थुप्रै गीत हिट छन् ।
कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, सन्तोष श्रेष्ठ , डा. भीमार्जुन आचार्य लगायतको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण