चुनाव सफल पार्न १ सय ७ दिन अर्जुनदृष्टि लगाएर काम गर्छौं : निर्वाचन आयोग
सरकारले मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको निर्वाचन आयोगले स्वागत गर्दै स्वच्छ, निष्पक्ष र भयरहित ढंगले काम गर्ने बताएको छ । बिहीबार साँझ आयोगमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १ सय ७ दिनको अवधीमा अर्जुन दृष्टि लगाएर काम गर्ने बताए ।

उनले आयोगले अनौपचारिक ढंगले शान्तिपूर्ण रुपमा चुनाव गर्ने तयारी गरिरहेकोमा त्यसलाई औपचारिक रुपमा सम्पन्न गर्ने बताए । प्रमुख आयुक्त थपलियाले भने– ‘समय अवधिको दृष्टिकोणले हामीलाई कुनै समस्या पर्ने छैन् । नजिकै चाडपर्वहरू आएकोले हाम्रो खटन पटनमा केही समस्या आउन सक्छन् । त्यसलाई हामी सहज रुपमा समाधान गछौँ ।’
उनले आयोगले संविधानमा भएको र निर्वाचन कानुनमा भएको व्यवस्था अनुसार मंसिर २१ गते सांसदहरुको पदावदी सकिने परामर्श सरकारलाई बुझाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण