दक्षिण अफ्रिकाद्वारा आयरल्यान्डविरुद्धको सिरिज क्लिन स्विप
आयरल्यान्डविरुद्धको दुई खेलको टी–ट्वान्टी सिरिज दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । शुक्रबार राति भएको खेलमा ४४ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले सिरिज २–० ले जितेको हो ।
इङ्ल्यान्डको ब्रेस्टोलमा दक्षिण अफ्रिकाले दिएको १८३ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभर ५ बलमा अलआउट भएर मात्र १३८ बनायो ।
आयरल्यान्डका लागि ह्यारी टेक्टरले ३४ बनाउँदा ब्यारी म्याक्कार्थीले ३२ रन बनाए । पउल स्टर्लिङले २८ रनको योगदान गरे । दक्षिण अफ्रिकाका लागि वायन पार्नेलले ५ लिए । त्यस्तै डेनियल प्रिरियसले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४२ रन बनाउँदा हिनरिच केल्सनले ३९ रन बनाए । कप्तान डेबिड मिलरले अविजित ३२ रनको योगदान गरे ।
आयरल्यान्डका गरिथ डिलेनले २ विकेट लिए । एन्डी एमसी ब्रेइन, मार्क एडिएर, बेरी र जोसु लिट्लेले एक–एक विकेट लिए । दक्षिण अफ्रिकाले सिरिजको पहिलो खेलमा २१ रनको जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण