पाल्पामा अटो र जिप ठोक्किँदा एकको मृत्यु
पाल्पामा जिल्लामा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाइते भएका छन् । पाल्पाको रामपुर नगरपालिका बेझाड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाड जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप सानी अमराईमा ठोक्किँदा निस्दी गाउँपालिका–२ का ४५ वर्षीय चोपबहादुर ढेंगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते ढेंगाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा निधन भएको प्रहरीले प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा रामपुर नगरपालिका–३, का ३९ वर्षीय सुरेन्द्र थापा क्षेत्री,उनकै छोरी १० वर्षीय अञ्जली थापा क्षेत्री र १२ वर्षीय पुष्पा थापा क्षेत्री घाइते भएका हुन् । उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
बागमतीमा कानुन निर्माण सुस्त, कहाँ अलमलियो संसद् ?
-
सरकारले ल्यायो नयाँ विज्ञापन नीति (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण