रोहित सम्मिलित केडिरीको दोस्रो हार
आइतबार, २२ साउन २०७९, ०७ : १३
नेपाली राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिक केडिरीले इन्डोनेशियन लिग वानमा दोस्रो हार बेहोरेको छ ।
शनिबार भएको खेलमा केडिरी शीर्ष स्थानको मादुरा युनाइटेडसँग १–० ले पराजित भएको हो । खेलमा रोहितले भने पूरा समय मैदानमा बिताएका थिए ।
मादुराको जितमा ३६ वर्षीय स्टेबन भिज्काराले निर्णायक गोल गरे । उनले ४६ औं मिनेटमा गोन्कालोको पासलाई पोस्टको दिशा दिएका थिए । लगातार दोस्रो हारसँगै एक अंकमात्र जोडेको केडिरी रेलिगेशन जोनमा छ । यस्तै, हालसम्म अपराजित रहँदै शीर्ष स्थानमा रहेको मादुरीको ९ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण