तौल घटाउन चाहनुहुन्छ भने यी जुसलाई डाइटमा समावेश गर्नुहोस्, सधैं रहनुहुनेछ फिट
आजकल बदलिँदो जीवनशैली र खानपानका कारण अधिकांश मानिस मोटो हुन थालेका छन् । एकपटक तौल बढेपछि धेरै उपाय अपनाए पनि छिट्टै घट्दैन । तौल बढेसँगै धेरै रोग लाग्ने खतरासमेत बढ्छ । त्यसैले तौल घटाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । तर केही यस्ता जुस पनि छन् जसको सेवनले तौल घटाउन मद्दत गर्छ । यी जुसमा चिनीको मात्रा कम हुन्छ र फाइबरको मात्रा बढी हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । तौल घटाउन मद्दत गर्ने यी जुसका बारेमा जानौं ।
तौल घटाउने जुस
१. अनारको रस
तौल घटाउन अनारको जुस पिउनु निकै फाइदाजनक हुन्छ । अनारमा फाइबर, आइरन, जिंक, पोटासियम र ओमेगा ६ पाइन्छ, जसले तौल घटाउन मद्दत गर्छ । तौल घटाउन चाहनुहुन्छ भने दैनिक अनारको जुस खानुहोस् ।
२. गाजरको रस
गाजरको जुस पिउँदा तौल घटाउन निकै फाइदाजनक हुन्छ । गाजरको जुसमा डाइटरी फाइबर हुन्छ जसले भोक नियन्त्रण गर्ने क्षमता राख्छ । त्यसैले तौलसमेत घट्छ ।
३. चुकन्दरको रस
तौल घटाउनका लागि चुकन्दरको जुस पिउनु निकै फाइदाजनक हुन्छ । चुकन्दरको जुसमा क्यालोरी कम मात्रामा पाइन्छ, जसले तौल घटाउन मद्दत गर्छ । दैनिक चुकन्दरको जुस पिउनाले तौल घट्छ ।
४. टमाटरको रस
तौल घटाउन टमाटरको जुस पिउनु निकै फाइदाजनक हुन्छ । टमाटरको जुसमा फाइबरको गुण पाइन्छ, जसले तौल घटाउन मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण