रोहितको कप्तानीमा एसिया कप खेल्ने भारतीय टिम घोषणा
आगामी एसिया कप २०२२ का लागि अल इन्डिया सिनियर सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको छ । २७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । घोषित टिममा पूर्वकप्तान बिराट कोहलीको पुनरागमन भएको छ ।
६ टिम सहभागी १५ औं संस्करणको प्रतियोगिता यस पटक टी-२० फर्म्याटमा हुनेछ । अन्तिम पटक प्रतियोगिता एकदिवसीय फर्म्याटमा भएको थियो । भारत साविक विजेतासमेत हो । भारतले हालसम्म सर्वाधिक सात पटक उपाधि जितेको छ ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत र छनोट एक टिम समूह ए मा छन् । यस्तै, श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । एक आपसमा प्रतिस्पर्धापछि समूहका शीर्ष दुई सेमिफाइनलमा स्थान बनाउने छन् ।
भारतीय घोषित टिममा चोटका कारण जस्प्रीत बुम्राह र हर्षल पटेल बाहिर छन् । यस्तै, श्रेयर इयेर, अक्षर पटेल र दीपक चाहर वैकल्पिक खेलाडीमा छन् ।
भारती घोषित टिममा रोहित शर्मी (कप्तान), केएल राहुल (उपकप्तान), बिराट कोहली, सुर्यकुमार यादव, दीपक हूडा, रिशब पन्त, दिनेश कार्तिक, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, रविचन्द्र आश्विन, युजभेन्द्र चहल, रबि बिश्नोइ, भुवनेश्वर कुमार, अर्शदीप सिंह,आभेष खान रहेका छन् ।
एसिया कपको उद्घाटन खेलमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण