रियल मड्रिडलाई सुपर कपको उपाधि
बिहीबार, २६ साउन २०७९, ०६ : २५
आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई दिलाएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो ।
रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण