आठराई गाउँपालिकाले अघि सार्यो युवा लक्षित कार्यक्रम
तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले युवा लक्षित कार्यक्रमलाई अघि सारेको छ । रोजगारको खोजीमा भौतारिरहेका युवा तथा लगानी अभावमा व्यवसाय सञ्चालन गर्न नसकेका युवालाई व्यवसायिक बनाउन युवा लक्षित कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० मा युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । युवालाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ युवा लक्षित कार्यक्रम गाउँपालिकाले ल्याएको हो । गाउँपालिकामा रहेको युवालाई लगानी नै गर्ने गरी कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए ।
गाउँपालिकामा रहेको युवाहरुलाई बिनाधितो बिना ब्याज व्यावसायिक लगानी गने नीति ल्याएको छ । अध्यक्ष पाहिमका अनुसार गाउँपालिकाले लगानी गरेको रकम लगानी भएको तीन वर्षमा ३० प्रतिशत, ४ चार वर्षमा ३० प्रतिशत र पाँचौं वर्षमा ४० प्रतिशतका दरले फिर्ता गर्नुपर्नेछ ।
'व्यावसायिक रूपमा फर्म दर्ता गरी १० जनाको समूह बनाएर गाउँपालिकामा माग गरेको खण्डमा प्रत्येक वडामा हरेक वर्ष एउटा समूहलाई १० लाख रुपैयाँ लगानी गर्छौं,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण