डोकामा बिरामी, 'कोमा'मा एम्बुलेन्स
कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका-१३ रुंगामा दुर्घटना भयो। दुर्घटनामा परी ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए।
सदरमुकाममा जिल्ला अस्पताल र रेडक्रस सोसाइटीका दुईवटा एम्बुलेन्स भए पनि घाइतेलाई अस्पतालसम्म ल्याउन ट्याक्टर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो । जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएको छ। मर्मतमा कसैको ध्यान पुगेको छैन।
मुगु सदरमुकामसमेत रहेको छायानाथ रारा नगरपालिकाले चार वर्षअघि एम्बुलेन्स खरिद गयो। पाँच महिनादेखि एम्बुलेन्स नगरपालिकामै थन्किएको छ। प्रमुख जिल्ला अधिकारीले पटकपटक एम्बुलेन्स मर्मत गर्न दिएको निर्देशन पालनामा नगरपालिकाले अटेर गरेको छ। नगरपालिकाका सूचना अधिकारी शिवहरि रोकायले एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न निर्देशन भए पनि त्यसको पालना गर्न नसकिएको बताए।
'प्राविधिक कुरा भएकाले एम्बुलेन्सको कुनकुन पार्टपुर्जामा खराबी आएको हो हामीलाई थाहा हुँदैन,' उनले भने, 'चालकलाई बनाउन भनेका छौं, पाँच महिनादेखि त्यसै थन्किएको छ।' यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वटा स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक पुरुष पक्राउ
-
पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग
-
सरकारका १०० दिनः सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनमा केन्द्रित
-
तरुण दलले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न ७७ जिल्लामा खटायो प्रतिनिधि
-
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल (अन्तर्वार्ता)
-
कांग्रेसले प्रतिनिधिसभामा भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण