बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

तीन वटा स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक पुरुष पक्राउ

बिहीबार, १८ असार २०८३, १३ : ५२
बिहीबार, १८ असार २०८३

सारांश

  • तीन वटा सवारी चालक अनुमति पत्र बनाएको आरोपमा प्रहरीले काठमाडौँको महाराजगन्जबाट एक जनालाई पक्राउ गरेको छ ।
  • नो पार्किङमा गाडी पार्किङ गरेपछि कागजात चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीले चालक वसन्त भुजेलको साथबाट ३ वटा लाइसेन्स बरामद गरेको थियो ।
  • स्मार्ट लाइसेन्सको विवरण प्रणालीमा नदेखिएपछि प्रहरीले भुजेलमाथि ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । तीन वटा सवारी चालक अनुमति पत्र बनाएको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँको महाराजगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग.२ च ८५७९ नम्बरको कार चालक ५० वर्षीय वसन्त भुजेल छन् ।

उनलाई कान्ति बाल अस्पतालको गेटबाट ट्राफिक प्रहरी वृत्त महाराजगन्जको टोलीले पक्राउ गरेको हो । भुजेललाई मुद्दा चलाउन ट्राफिक प्रहरीले प्रहरी वृत्त महाराजगन्जमा बुझाएको छ ।

नो पार्किङमा गाडी पार्किङ गरेपछि कागजात चेकजाँच गर्ने क्रममा उनको साथबाट ट्राफिक प्रहरीले ३ वटा लाइसेन्स बरामद गरेको थियो । स्मार्ट लाइसेन्सको विवरण यातायात व्यवस्था विभाग तथा ट्राफिक प्रहरीको रेकर्ड सिस्टममा नदेखिएपछि प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । 

बुधबार अदालतबाट ४ दिनको म्याद लिएर आरोपीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप