सदनमा प्रश्न–निहारिका र निर्मलाले कहिले न्याय पाउने हो ?
नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपुत र नाबालक दुवैलाई सरकारले तत्काल न्याय दिलाउन माग गरेकी छिन् ।
आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पालले सरकारले दोषी प्रमाण प्रशस्त हुँदा समेत निहारिकालाई न्याय दिन नसकेको आरोप लगाइन् । सांसद पालले बलात्कार हिंसामा परेका महिलालाई सरकारले तत्काल न्याय दिनुपर्ने बोलमा सरकारलाई नै खोज्नुपर्ने अवस्था आएको बताइन् । उनले निहारिका नारीको अस्मितालाई खेलौनाको रुपमा हेरी रहेको यो समाजलाई चुनौती दिने हिम्मत गर्दै अगाडि बढेको तर राज्य न्याय दिन नसकेको दाबी गरिन् ।
सांसद पालले निहारिका राजपुत आफूमाथि भएको बलात्कार र बलात्कार स्वरुपमा जन्मिएको सन्तान दुवैको न्यायका लागि पटक–पटक अनसन बस्दा समेत सरकारले डिएनए परीक्षण नगर्नु पीडितलाई अझै पीडा दिनु भएको बताइन् । उनले निहारिका र निर्मला पन्त जस्ता छोरीहरुले न्याय कहिले पाउने सरकार भन्दै प्रश्न गरिन् ।
सांसद पालले अहिले महिला आफ्नै घर,समाज र बाटोमा समेत सुरक्षित नभएको दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण