इङ्ग्लिस प्रिमियर लिग : दोस्रो खेलमा पनि लिभरपुल अंक बाढ्न बाध्य
मङ्गलबार, ३१ साउन २०७९, ०७ : ४२
लुइस डियाजको गोलमा लिभरपुल गएराति इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १-० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२ औँ मिनेटमा प्यालेसका वलफ्रिड जहाले गोल गर्दै अग्रता लिए ।
यसपछि लिभरपुल ५७ औँ मिनेटमा १० खेलाडीमा सिमित भयो । यसै सिजन अनुबन्ध भएका डार्बिन नुनेजले रातो कार्डको सामना गरे । खेलको ६१ औँ मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।
लगातार दोस्रो बराबरीसँगै लिभरपुल दुई खेलबाट दुई अंक बोक्दै १२ औँ स्थानमा छ । यसअघि लिभरपुल पहिलो खेलमा फुलहमसँग २-२ को बराबरीमा रोकिएको थियो । यस्तै, प्यालेस पहिलो अंक जोड्दै १६ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण