बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन : कमल थापा
मङ्गलबार, ३१ साउन २०७९, ११ : ०९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । राजनीतिक दलहरु र शाहबीच काठमाडौं फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘काठमाडौंका मेयर बालेन शाह केही गरौँ भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो । त्यसबारे उनले एकवर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्छ । त्यतिञ्जेल विगतमा झै सबैले हरसम्भव सहयोग गर्नुपर्छ । फोहोरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
केही दिनयता काठमाडौंको फोहोर उठ्न नसक्दा सहर दुर्गन्धित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण