सांगीतिक करियर टुङ्याउने निर्णयबाट पछि हटे नितेशजंग
काठमाडौँ । संगीतिक करिअरबाट बिदा लिने निर्णयबाट गायक नितेशजंग कुँवरले पछि हटेका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै पूर्ववत् निर्णयबाट पछि हटेको जानकारी दिएका हुन् ।
‘विभिन्न भावनामा बगेर मैले आफ्नो जीवनमा मनमा आएको हरेक कुरो पोष्ट गर्ने बानी थियो’, उनले अगाडि भनेका छन् ‘धेरै समर्थक र साथीभाइले भन्दा पनि यो कुरो बेवास्ता गर्दै आएको थिएँ। आमाले भनेपछि गम्भीरताका साथ लिए ।’
‘अगाडिको पोष्टमा मैले एक दशकको सांगीतिक यात्रा टुङ्ग्याउने निष्कर्षमा पुगेको बिचार राखेको थिएँ । जसलाई धेरैले मैले संगीत क्षेत्र छोड्न लागेको बुझेका थिए । त्यो सही होइन,’ उनले अगाडि भनेका छन् ‘त्यो समय म भित्रैबाट बिथोलिएका थिएँ, जसका कारणले मैले मेरा फ्यानहरुको मन दुखाउने काम गरेँ । तर मेरो उद्देश्य त्यो थिएन । अहिले मैले मेरो पाठ सिकिसकेँ । स्टेज नउक्लिएको धेरै भयो । अव समय आएको मैले विश्वास गरेको छु ।’
कुँवरले गत वैशाखमा सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै संगीतिक यात्रा टुङ्गिएको घोषणा गरेका थिए ।
उनले स्ट्याटसमा लेखेका थिए ‘प्रिय साथीहरु, मैले मेरो संगीतिक यात्राबाट विश्राम लिएको छु । सबैलाई धन्यवाद दिन चाहन्छु, यो रोचक यात्राका लागि ।’ उनका हाम्रो नेपालमा, निष्ठुरी मोरीलगायतका गीत चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण