राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन
राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छन् । शुक्रबार भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरिन् ।
मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले अभिषेक गरी प्रसाद प्रदान गरेका थिए । साथै पुजारी टोलीले उनलाई अन्य बाँकी प्रसादसमेत प्रदान गराएका थिए । राष्ट्रपति भण्डारीले कृष्णको दर्शन र आरधनासँगै पाटनमा रहेको मङ्गहिटीसमेतको बारेमा जानकारी लिएकी थिइन् ।
सोही क्रममा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफूहरुले नेपाल सरकारसँग एक रुपैयाँ नलिई कृष्ण मन्दिर नजिकै रहेको व्यापारीको आराध्यदेव भीमसेन मन्दिर पुनर्निर्माण गरेको जानकारी गराइन् । सो कुरा सुनेसँगै भण्डारीले आफू छिट्टै पाटन दरबार आएर भीमसेन मन्दिरको अवलोकन गर्ने वचनबद्धता व्यक्त गरेको महानगरपालिकाका प्रमुख महर्जनले बताए ।
सो अवसरमा ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, महानगपालिकाका वडाध्यक्ष, मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधान, ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंलगायतले राष्ट्रपति भण्डारीको स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीले शुक्रबार करिब पाँच मिनेट समय पाटन कृष्ण मन्दिर परिसरमा बिताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण