रुसलाई जी-२० बैठकमा बस्ने अधिकार छैन : बेलायत
शनिबार, ०४ भदौ २०७९, ०७ : ०४
रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
‘युक्रेनमा उसको आक्रामकता जारी रहँदा रूसलाई जी २० मा बस्ने कुनै नैतिक अधिकार छैन’, प्रवक्ताले भने । ‘हामी जी २० बैठकमा रुसको युद्धको प्रभावहरू विचार गर्न सुनिश्चित गर्न इन्डोनेसियाको प्रयास र जी २० नेताहरूको शिखर सम्मेलनमा चिनियाँ नेता सि जिनपिङले प्रतिनिधित्व गर्न सक्ने संकेतलाई भने स्वागत गर्दछौँ । ’
जी २० को बैठक इन्डोनेसियाले यही नोभेम्बरमा आयोजना गर्दैछ । बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ नेता सि जिनपिङ सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण