शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

डिप बोरिङ बिग्रिएपछि खानेपानीका लागि एक घण्टाको यात्रा

शनिबार, ०४ भदौ २०७९, १० : ५०
शनिबार, ०४ भदौ २०७९

डिप बोरिङ बिग्रिएपछि जाजरकोटको भेरी नगरपालिका-१३ का स्थानीय सकसमा परेका छन् । ६० लाख लागतमा तयार भएको बोरिङ मर्मत हुन नसक्दा उनीहरु दैनिक एक घण्टाको यात्रा गरेर खानेपानीको जोहो गर्न बाध्य बनेका हुन् । 

बोरिङ बिग्रिएको पाँच महिना नाघ्दासमेत मर्मतको लागि स्थानीय सरकारले ध्यान नदिएको स्थानीयको आरोप छ । बर्खाको समयमा बोरिङ बिग्रिएपछि खानेपानीको लागि टाढाटाढा पुग्दा पनि सफा पानी नपाइएको उनीहरुको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप