लमजुङका भूमिहीनलाई लालपुर्जा लिन ३५ दिने सूचना आह्वान
लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ । लमजुङमा मात्रै नभइकन देशभरका भूमिहीन तथा दलित परिवारलाई व्यवस्थापन गराउन र स्थायी रुपले बसोबास गराउन लालपुर्जा दिन लागेको हो ।
गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको बेंसीशहर नगरपालिका भित्र सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका रहेका छन् भने गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकामा भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलन भइसकेको राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामदोर अधिकारीले बताए । उनकाअनुसार जिल्लामा बाँकी रहेको अन्य नगरपालिका जस्तै बेंसीशहर नगरपालिका, मध्य नेपाल नगरपालिकाको लगत संकलन उठाउन बाँकी छ ।
यस्तै गाउँपालिका तर्फ क्व्होलासोंथर गाउँपालिका र दुध पोखरी गाउँपालिकाको लगत संकलन उठाउन बाँकी भएकाले भूमिहीन दलित तथा सुकुम्बासीका लागि निवेदन दिन बेंसीशहर नगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान
-
चीनद्वारा पास्टर एज्रा जिन रिहा
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण