बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

टुबोर्ग ओपन २०२२ मा उदीयमान कलाकार भेकलाई मौका

शुक्रबार, १० भदौ २०७९, ०९ : ३५
शुक्रबार, १० भदौ २०७९

नेपालको  लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतबीच कयौं वर्षदेखि गहिरो सम्बन्ध रहँदै आएको छ। यस निम्ति टुबोर्गले विगत पाँच वर्षदेखि टुबोर्ग ओपेन क्याम्पेनद्वारा कैयन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारलाई संलग्न गराउदै आएको छ । 

नेपालमा मात्र नभइ भारत, चीन, टर्की, सेर्बियालगायतका देशमा पनि टुबोर्ग ओपेन क्याम्पेनद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारलाई एकै ठाउँमा जोडेर संगीत सृजन तथा विस्तार पनि गर्दै आएको छ। यो अभियान टुबोर्ग उत्पादन फैलिएका देशहरूमा छैटौंपटक सञ्चालन हुँदै गर्दा नेपालमा भने पाँचौं पटक हुँदैछ । 

टुबोर्ग ओपेनकोयो वर्षको थिम ‘टेक द स्टेज’ रहेको छ, जसमा विश्वप्रख्यात कलाकारबाट उदीयमान स्वदेशी कलाकारलाई मेन्टरसिप प्रदान गरी संगीतको मूल भावमा समेट्नुका साथै लोकप्रिय कलाकार कसरी बन्ने भन्ने मार्गदर्शन पनि प्रदान गरिन्छ। टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ। उनीसँगै जोडिएका छन् नेपालका उदीयमान कलाकार भेक। 

जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन्। उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका छन् भने उनको गीत अमेरिका र न्युजिल्यान्डमा नम्बर १ मा पुग्न सफल भएको थियो। उनका थुप्रै गीत हिट छन्, जसमध्ये केही हिट गीत ‘जलेबी बेबी’, ‘स्वाला’, ‘सभेज लभ’ रहेका छन्।

भेक पछिल्लो पुस्ताका उदीयमान लोकप्रिय संगीतकर्मी हुन्। उनले पनि छोटो समयमा लोभ लाग्दो  क्रेज कमाएका छन्। उनका चर्चित गीतमध्ये ‘एक्लै जिउन सिके’, ‘मायालु’, ‘लै बरी लै’ जस्ता गीतले लाखौं भ्युज पार गरेका छन्। गत महिना जेसन डेरुलोसँग अमेरिकाको लस एन्जलसमा टुबोर्ग ओपेन २०२२ को इमर्जिङ कलाकार भेक मेन्टरसिप प्राप्त गरी नेपाल फर्किसकेका छन्। भेक यो वर्षका लागि आफ्नो मेन्टरसिपद्वारा सिकेको ज्ञान प्रयोग गरी एउटा नयाँ गीत बनाउन लागिरहेका छन्, जुन छिट्टै सार्वजनिक हुने बताइएको छ । 

गोर्खा ब्रिउरीका मार्केटिङ डाइरेक्टर आशिष बिष्टले सधै झै यस वर्ष पनि टुबोर्गले संगीतद्वारा आफ्ना ग्राहक र सुभेक्षुकसँगको सम्बन्धलाई थप गहिरो बनाउन र देश तथा विदेशमा रहेका कलाकारलाई जोड्न  सफल भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप