विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
सारांश
- सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह 'आई' को खेलमा नर्वेले इराकमाथि ४-१ को सानदार जित निकालेको छ।
- नर्वेका लागि स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरे भने इराकका लागि आयमेन हुसेनले एक गोल गरे।
- खेलको अन्तिम समयमा इराकका खेलाडीबाट भएको आत्मघाती गोलले नर्वेको जित सुनिश्चित गर्यो।
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह 'आई' को खेलमा नर्वेले इराकमाथि ४-१ को सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेलाई जित दिलाउन स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरे भने इराकको फितलो रक्षापङ्क्ति र दोस्रो हाफको कमजोर प्रदर्शनले उसलाई निरीह बनायो।
अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा नर्वेले सुरुदेखि नै दबाब बनाएको थियो। खेलको २९ औं मिनेटमा डेभिड मलर वुल्फको पासमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाए।
इराकले पहिलो हाफमा निकै संघर्षपूर्ण खेल प्रदर्शन गर्यो। खेलको ३९ औं मिनेटमा अमिर अल अमारीको पासलाई सदुपयोग गर्दै आयमेन हुसेनले गोल गरेपछि इराकले खेललाई १-१ को बराबरीमा ल्याएको थियो। यो इराकको विश्वकप इतिहासकै दोस्रो गोल थियो।
तर इराकको यो खुसी धेरै समय टिक्न सकेन। पहिलो हाफ सकिनु ठिक अघि ४३ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई २-१ को अग्रता दिलाए। पहिलो हाफमा प्रतिस्पर्धात्मक देखिएको इराक दोस्रो हाफमा भने पूर्णतः दबाबमा देखियो।
खेलको ७६ औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डको उत्कृष्ट पासमा लियो ओस्टिगार्डले गोल गरेपछि नर्वे ३-१ ले अघि बढ्यो। नर्वेका वैकल्पिक खेलाडीहरूको प्रवेशले खेलमा नर्वेको नियन्त्रण अझ बलियो बनाएको थियो। खेलको अन्तिम समयमा इराकका गोलकर्ता आयमेन हुसेनबाट आत्मघाती गोल हुन पुगेपछि नर्वेले ४-१ को फराकिलो जित सुनिश्चित गर्यो।
यसअघि यही समूहको अर्को खेलमा फ्रान्सले सेनेगललाई ३-१ ले पराजित गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण