बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

गायक पुष्पको ‘एउटा साथी छ’ बिमलेस र पुर्नी

सोमबार, २९ जेठ २०७४, ११ : ५६
सोमबार, २९ जेठ २०७४

काठमाडौं – गायक पुष्प गजमेरको नयाँ गीत ‘एउटा साथी छ ’ माथी बनेको म्युजिक भिडियो रिलिज भएको छ । 


‘आवाज’ एल्बममा समावेस यो गीतको भिडियोमा चर्चित मोडल बिमलेस अधिकारी र पुर्नी गुरुङले मोडलिङ गरेका छन् । 


अमेरिकाको बिभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा मोनी राईको छायाँकन र सम्पादन र प्रजित रानाको निर्देशन रहेको छ । 


एल्बम केही दिन अगाडि अमेरिकामै सार्वजानिक गरिएको हो । एल्बमका सम्पुर्ण गीतहरुको संगीत र स्वर स्वयं गायक गजमेरकै रहेको छ र संगीत संयोजन गोपाल रसाईली ,चादँ सिंह र सुमित विश्वकर्माको सुन्न सकिन्छ ।

नेपाली गीत संगीतमा करिब २२ बर्षको यात्रा गरिसकेका पुष्प गजमेर आफ्नो सम्पूर्ण अनुभवलाई यस एल्बममा मिसाएको बताउँछन् । 

<iframe width="840" height="515" src="https://www.youtube.com/embed/ukTkFSqdTlE" frameborder="0" allowfullscreen></iframe>

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप