९ वर्षीय छोरीसहित आमा बेपत्ता
मोरङ, केराबारी–८, शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीय छोरीसहित बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा २८ वर्षीय रिता चापागाईं फुयाल छिन् । उनी गत साउन ३ गते दिउँसो केराबारीस्थित साप्ताहिक बजारमा किनमेल गर्न भन्दै आफ्नी ९ वर्षकी छोरीलाई लिएर गएकी थिइन् ।
सोही दिन दिउँसो ३ बजेदेखि आमाछोरी नै बेपत्ता भएका हुन् । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा उनका श्रीमान् सूर्यप्रसाद फुयाँलले निवेदन दिएका छन् । साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि आफ्नी श्रीमती ओर्लिएको जानकारी धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले दिएको सूर्यप्रसादको भनाइ छ ।
लामो समय विदेशका काम गरेर फुयाल ६ महिना अगाडि स्वदेश फर्किएका थिए । घरमा सामान्य झैझगडा हुने गरेको स्वीकार गर्दै उनले त्यही कारणले घर छोडेको हुनसक्ने बताए । यद्यपि आफन्त र नातागोता कसैसँग पनि उनी कहाँ छिन् भन्ने जानकारी नभएको कारण खोजी गरिदिन उनले अपिल गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण