शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते

शुक्रबार, ०१ साउन २०८३, १५ : ५२
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • काठमाडौँको महाराजगञ्जमा पाँच वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
  • दुर्घटनामा १० जना घाइते भएका छन् जसको उपचार भइरहेको छ ।
  • दुर्घटना भारतीय नम्बर प्लेटको कार र ट्याक्सी ठोक्किएपछि सुरु भएको थियो ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा पाँच वटा सवारी साधन आपसमा ठोक्किएको छ ।

शुक्रबार दिउँसो सुकेधाराबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको भारतीय नम्बर बिआर–०६ डिडि ६०६३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बा.२ ज ३५७८ नम्बरको ट्याक्सी सुरुमा ठोक्किएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

कार र ट्याक्सी ठोक्किएपछि सुकेधारातर्फ जाँदै गरेको ३ वटा मोटरसाइकल आपसमा ठोक्किएका हुन् । भारतीय कार र ट्याक्सीसँग बागमती प्रदेश–०२–०६८ प १०५६, बा.७३ प ३७२३ र लु.११ प ४९७५ नम्बरको मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा परेर १० जना घाइते भएका छन् ।

घाइते हुनेमा ट्याक्सी चालक रामेछापको खाँडादेवी घर भएका ४१ वर्षीय ऊर्जा लामा, सर्लाही घर भएका ३४ वर्षीय बिक्की साह, तेह्रथुम घर भएकी ५७ वर्षीया विष्णु माया खापुङ, टोखा बस्ने ६५ वर्षीया कुन्ती माया लिम्बु, सर्लाहीको बागमती नगरपालिका घर भएका १८ वर्षीय नियोजित साह र उदयपुर घर भएकी २६ वर्षीया पार्वती तामाङ छिन् ।

त्यस्तै नवलपरासी घर भएका २२ वर्षीय जीवन राना, २५ वर्षीय विनोद थापामगर, बाँकेको बैदनाथ नगरपालिका–५ घर भएकी १५ वर्षीया शिवानी शाही र १० वर्षीय सुशान्त शाही घाइते भएका छन् । घाइतेहरूको उपचार हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप