माओवादी प्रदेश १ बैठक : सांसद भइसकेका नेतालाई समानुपातिकमा सिफारिस नगर्न निर्देशन
नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका व्यक्तिलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई सर्कुलर गरेको छ । माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन,’ मातहतको कमिटीमा पठाएको सर्कुलरमा उल्लेख छ, ‘समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने छ र हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भइसक्नु भएका कमरेडहरूको नाम समानुपातिक उम्मेदवारमा सिफारिस गर्न पाइने छैन ।’
सर्कुलरमा सबै उम्मेदवारको सिफारिस सम्बन्धित समिति बैठकको माइन्युट निर्णयसहित भदौ २० गतेभित्र प्रदेश कार्यालयमा पठाइसक्न पनि निर्देशन दिइएको छ । सो बैठकले एकमात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला संयोजकले बैठकको संयोजन गर्ने र एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा संघीय निर्वाचन परिचालन समिति प्रमुखले बैठकको संयोजन गर्ने र जिल्लाले सहयोग गर्नुपर्ने निर्णय पनि गरेको छ ।
त्यस्ता बैठकले सम्बन्धित संघीय निर्वाचन क्षेत्रमा रहेका पार्टी केन्द्रीय सदस्यहरु, प्रदेश पदाधिकारीहरु, सांसदहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, पार्टीका प्रदेश सदस्य, प्रदेश निर्वाचन परिचालन समितिका प्रमुख, संघीय र प्रदेश निर्वाचन क्षेत्रका इन्चार्ज र संयोजकहरूको संयुक्त बैठकमा सर्वसम्मत भए एकजना र नभएमा बढीमा तीन जना प्रतिनिधिसभा उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने उल्लेख छ ।
यस्तै बैठकले झापा गौरादह नगरपालिकाका अध्यक्ष डण्डीराज घिमिरे, उपाध्यक्ष सुलोचना राजवंशी र सचिव शेरबहादुर कार्कीले दिएको राजीनामा स्वीकृत पनि गरेको छ । उक्त समितिको बैठक बहालवाला उपाध्यक्षको नेतृत्वमा बसी पदाधिकारीको चयन प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको छ । यस्तै ताप्लेजुङ जिल्लाका प्रदेश सदस्यहरुको कार्यविभाजनमा असन्तुष्टि जनाई उक्त जिम्मेवारीबाट राजीनामा बुझाउने विजय प्रकाश बनेम, लक्ष्मी आङछाङ्बो, ठाकुरसिंह लिम्बू र दावा छिरिङ शेर्पाको राजीनामा पनि स्वीकृत गरेको छ । उनीहरु प्रदेश सदस्यमा भने यथावत रहेको माओवादी केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण