नवलपरासीमा रोकिराखेको बसमा आगलागी
मङ्गलबार, १४ भदौ २०७९, ११ : ५३
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ स्थित मगरबुढामा रोकेर राखेको बसमा आगो लागेको छ ।
गएराति स्थानीय युवराज चौधरीको घरनजिकै बाटोमा पार्किङ गरेर राखेको लु.१ख ६६५४ नम्बरको बसमा आगो लागेको जिप्रका नवलपरासी पश्चिमका डिएसपी भोजराज पाण्डेयले रातोपाटीलाई बताए ।
प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले दमकल प्रयोग गरेर स्थानीयको सहयोगमा आगाे नियन्त्रणमा लिएका छन् । आगलागीबाट बसको भित्री भाग र सिसा नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पाण्डेयले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन