बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न !

बुधबार, २४ असार २०८३, ११ : ४२
बुधबार, २४ असार २०८३

सारांश

  • नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डीपी अर्यालले पाँच वर्ष संसद् चलाउन नसक्ने बताएका छन् ।
  • सांसद राईले सभामुखको व्यवहारले पाँच वर्ष संसद् चलाउन नसक्ने भन्दै कुरा बुझिसकेको र खुट्टी हेरिसकेको बताए ।
  • सभामुखले राईलाई आचरणविपरीत बोलेको भन्दै समय नदिएपछि एमाले सांसदहरूले विरोध गरेका थिए ।

काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डीपी अर्यालले पाँच वर्ष संसद् चलाउन नसक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद राईले गरेको व्यवहारले सभामुखले पाँच वर्ष संसद् चलाउन नसक्ने बताएका हुन् । 

‘तपाईंको व्यवहारले तपाई पाँच वर्ष संसद् चलाउनुहुँदैन, मैले बुझिसके, खुट्टी हेरिसके’, उनले भने, ‘के कुरा भन्दैछु सुन्नुपर्छ पर्दैन ? ’

यसअघि सभामुख अर्यालले राईलाई समय दिएका थिए । सभामुखको समय पाएपछि माइक समातेर राईले सभामुखज्यू तपाईं कान सुन्नुहुन्छ कि हुँदैन ? भनेर कुरा सुरु गर्न लाग्दा सभामुखले आचरण विपरित बोलेको भन्दै राईलाई समय नदिने भन्दै अर्का सांसद परशुराम तामाङलाई समय दिएका थिए । तामाङ पनि बोल्न चाहेनन् ।

त्यसपछि एमाले सांसदहरू उठेर विरोध गरेका थिए । पुन:सभामुख अर्यालले राईले गल्ती स्वीकारेको भन्दै बोल्न समय दिए तर एमाले सांसद राई बोल्न थालेपछि सभामुखले पुन सचेत गराए र बैठक स्थगित गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप