मोरङ ३ बाट रेखा थापाको नाम सिफारिस
मङ्गलबार, १४ भदौ २०७९, १५ : ३०
राष्ट्रिय प्रजातन्त्र पार्टीले रेखा थापालाई मोरङ ३ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । राप्रपा नेतृ तथा नायिका थापाको गृहनगर सोही क्षेत्रको सुन्दरहरैंचा हो । राप्रपाका मोरङका अध्यक्ष माधव आचार्यले थापाको नाम स्थानीय पार्टी कमिटीले प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको जानकारी दिए ।
उक्त क्षेत्रबाट नेपाली काँग्रेसका सुनिल शर्मा र एमालेबाट भानुभक्त ढकाल लड्ने सम्भावना छ । थापासँगै सोही क्षेत्रबाट राप्रपाबाट अम्बिकाप्रसाद अधिकारीको पनि नाम सिफारिस भएको छ । यस्तै मोरङको क्षेत्र नम्बर ४ बाट राप्रपाले नेता रवि रिजाललाई प्रत्यक्षमा सिफारिस गरेको छ । यस्तै सोही क्षेत्रको प्रदेश निर्वाचन क्षेत्र (ख)मा भने जिल्ला अध्यक्ष माधव आचार्यको नाम सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण