ताप्लेजुङमा माओवादीद्वारा उम्मेदवारको नाम सिफारिस
नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले आउँदो मङ्सिर ४ गतेलाई लक्षित गर्दै प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रले जिल्ला संयोजक विष्णुकुमार लिम्बूले आज एक विज्ञप्ति जारी गर्दै उम्मेदवारको नामावली सिफारिस गरेको जनाएका हुन् । विज्ञप्तिमा प्रतिनिधि सभा सदस्यतर्फ खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा र लक्ष्मीप्रसाद अन्छङ्बोको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र १ (क) मा पनि खेलप्रसाद बुढाक्षेत्रीलाई सिफारिस गरिएको छ भने बमबहादुर भट्टराई (तारा) को नाम पनि सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र १ (ख) मा मिङ्माडण्डु शेर्पा र लक्ष्मीप्रसाद अन्छङ्बोकै नाम सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ । माओवादी केन्द्र ताप्लेजुङ जिल्लाको मङ्गलबार बिहान बसेको पदाधिकारीको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो ।
समानुपातिकतर्फ भने माओवादीले प्रतिनिधि सभाका लागि तेजशम्सेर भट्टराई (काजी), ठाकुरसिंह लिम्बू, गोमा चुँडाल, देउबहादुर इवाराम रहेका छन् । त्यस्तै प्रदेश सभातर्फ प्रेमकुमार सेलिङ, मन कुमारी मादेन, परशुराम थोप्रा, मलिसा याक्सो, विमला लिम्बू, सागर आङ्बुहाङ, पूर्ण इजम लिम्बू, मिङ्मा डण्डुलामा, अमरनन्द खाती, मैया न्यौपाने लगायत रहेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण