विराटनगर महानगर : होटेलमा अग्नि नियन्त्रण उपकरण राखिने
विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र राखिने भएको छ । महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि होटल सञ्चालकलाई बोलाएर महानगरले छलफलसमेत गरेको छ ।
एक महिना अगाडि तीनपैनी छेउमा रहेको नाङ्लो रेष्टुरेण्टमा आगलागी भएको थियो । रेष्टुरेण्टमा अग्नि नियन्त्रण यन्त्र नहुँदा ठूलो क्षति भएको थियो । विराटनगरवासीको हितका लागि महानगरले गरेका हरेक निर्णय कार्यान्वयन गर्न आफूहरू तयार रहेको छलफलमा सहभागीले प्रतिबद्धता जनाएका छन् ।
होटलको सुरक्षाका लागि आफूहरू अग्नि नियन्त्रण यन्त्र राख्न तयार रहेको होटल एसोसिएसन नेपाल प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । “महानगरले धेरै राम्रो निर्णय गरेको छ । यो हाम्रै सुरक्षाका लागि हो”, उनले भने, “हामी होटलको स्तर र क्षमताअनुसार चाँडै नै अग्नि नियन्त्रण यन्त्र राख्छौँ ।”
विराटनगरका कतिपय ठूला होटलले समेत अग्नि नियन्त्रण यन्त्र नराखेको पाइएको छ । महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीसहितको उपस्थितिमा भएको छलफलमा महानगरले गरेका राम्रा निर्णय कार्यान्वयनमा आफूहरू तयार रहेको होटल व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण