एमाले अध्यक्ष ओलीविरुद्ध झापा-५ बाट छवि सिटौलाको स्वतन्त्र उम्मेदवारी घोषणा
मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा ५ बाट छवि छिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ओलीको गढका रूपमा हेरिएको झापा ५ सिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
पेशाले प्राध्यापक रहेका दमक नगरपालिका १० का स्थानीय सिटौलाले मतदाताले नेताको विकल्प खोजिरहेको भन्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले आफ्नो उम्मेदवारी कुनै दल र दलका नेताविरुद्ध नभएर राजनीतिक परिवर्तनका लागि भएको प्रष्ट पारे ।
‘दल र दलका नेताले सम्भावना बोकेका एजेण्डा जनतामाझ फालिसके । तर, काम केहि गरेनन् । त्यसैले अब एजेण्डा कम र काम बढी गर्नुपर्छ भनेर प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने आँट गरेको हुँ’, रातोपाटीसँग सिटौलाले भने, ‘दुई महिना झापा ५ का मतदातासँगै बिताएँ । उनीहरू आफैँ पनि विकल्पको खोजीमा रहेको पाएँ । त्यसैले कसैको विरोध, केपी ओलीको विरोध भन्दा पनि युवाको उपस्थिति देशको आवश्यकता हो भनेर अघि बढेको हुँ।’
सिटौलाले दलका पुराना पुस्ताको नेतृत्वलाई परास्त गर्न देशका सबै वैकल्पिक र स्वतन्त्र युवा शक्ति एक हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण