मोरङ–४ बाट अमनलाल मोदी सर्वसम्मत सिफारिस
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ क्षेत्र नम्बर–४ बाट सर्वसम्मत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । विराटनगरमा आइतबार बसेको प्रदेश समितिको विस्तारित बैठकले मोदीको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गरिएको माओवादी मोरङ–४ का क्षेत्रीय संयोजक ताजिम अन्सारीले जानकारी दिए ।
मोदीले यसअघि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ सय मत पाएका थिए । मोदी ०७० को संविधानसभामा समानुपातिक तर्फबाट सदस्य थिए ।
यस्तै मोरङ–४ को प्रदेशसभा (क) बाट प्रत्यक्षमा विजय विश्वास, पक्खुलाल चौधरी र मनोज राई तथा प्रदेश (ख) बाट हरिप्रसाद घिमिरे, ताजिम अन्सारी, दिनेशकुमार राजवंशी र किशोरकुमार पाण्डेको नाम सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण